Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


‘कम्युनिस्टहरूले जनमतको अवमूल्यन गरेपनि कांग्रेसले गर्दैन’ कांग्रेस नेता डा. सुनिल शर्मा

एक्सन खबर
बैशाख, २२, २०७९


‘कम्युनिस्टहरूले जनमतको अवमूल्यन गरेपनि कांग्रेसले गर्दैन’ कांग्रेस नेता डा. सुनिल शर्मा

माेरङ । ०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत हासिल गरेपनि नेकपा एमालेले देश र जनताका लागि केही नगरेकोले बैशाख ३० गतेको निर्वाचनमा पत्ता साफ गरेर जानुपर्ने नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले बताएका छन् । मोरङका स्थानीय तहका उम्मेदवारलाई विजयी गराउन सक्रियरूपले लागेका नेता शर्माले कम्युनिस्टहरू आफैं फुटेर सकिने पनि बताए ।

मोरङको बेलबारी क्षेत्रमा स्थानीय तहको चुनावी अभियानमा सहभागी हुँदै डा. शर्माले भने,‘तपाईहरुले देखिहाल्नु भयो, नेकपा एमालेलाई गत निर्वाचनमा धेरै भन्दा धेरै सिट लिएर राज्य सत्तामा नेपाली जनताले पठाइदिएका थिए तर, त्यो बाँदरले न आफ्नो घर बनाउँछ न अरुको बनाउन दिन्छ’ भने जस्तै बाँदरे व्यहोरा देखाए ।’ डा. शर्माले भने ।

उनले कम्युनिस्टहरूले पार्टी फुटाएर तीन टुक्रा बनाएर जनताले दिएको मत अवमूल्यन समेत गरेको बताउँदै अब फेरी नेकपा एमालेलाई भोट दिनु भनेको दुर्भाग्यपूर्ण हुने जिकिर गरे । उनले बेलबारी नगरपालिका तथा सबै वडाहरूमा नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गर्ने समेत दावी गरे । ‘कम्युनिस्टहरूले जनमतको अवमूल्यन गरेपनि कांग्रेसले गर्दैन ।’ डा. शर्माले भने । उनले आफूहरू भाषण भन्दापनि काम गर्ने मान्छे भएको बताउँदै यो पटक नेपाली कांग्रेसका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे ।

मोरङ क्षेत्र नं. ३ अन्तरगत पथरी शनिश्चरे, कानेपोखरी, सुन्दर हरैंचा तथा बेलबारीका विभिन्न चुनावी अभियानमा सक्रियताका साथ लागेका शर्माले ती क्षेत्रको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, यातायात लगायतका आधारहरू निर्माण गर्नका लागि नेपाली कांग्रेसको जित अपरिहार्य भएको बताउँदै आएका छन् ।

डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा आएर घरदैलो कार्यक्रम गर्दा सो क्षेत्रका कांग्रेसी हरुमा रक्तसञ्चार भएको छ । सो क्षेत्रमा पार्टीले घरदैलो कार्यक्रम गर्दैगर्दा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने युवाहरूको जनलहर छ ।

डा. शर्मा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनका प्रत्यासी उम्मेदवार हुन् । उनले त्यसबेला छोटो समयमै मतदाताको मत जितेर बाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग मात्र १८०७ मतले पराजित भएका थिए । त्यसबेला डा. शर्माले ४०६०६ मत ल्याउँदा ढकालले ४२४१३ मत हासिल गरेका थिए ।

नोबेल शिक्षण अस्पताल तथा काठमाडौंको केएमसी शिक्षण अस्पताल जस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाको सफल नेतृत्व गर्दै सयौँलाई रोजगारी तथा हज्जारौं विद्यार्थीलाई मेडिकल शिक्षा प्रदान गर्दै समाज सेवामा निरन्तर सक्रिय डा. शर्माको योपल्ट राजनीतिमा सफल इन्ट्री हुने देखिएको छ ।

माेरङकाे बेलबारी नगरपालिकामा कांग्रेसले मेयरमा महेन्द्रप्रसाद सुवेदीलाई उठाएकाे छ भने, उपमेयरमा नितु थापा काेइरालालाई उठाएकाे छ ।
















0 प्रतिकृया