Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


बैशाख ३० गते साधन चलाउन प्रशासनकाे अनुमति चाहिने

एक्सन खबर
बैशाख, २३, २०७९


बैशाख ३० गते साधन चलाउन प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं । स्थानीय तह निर्वाचनकाे दिन अनुमति विना सवारी चलाउन नपाइने भएकाे छ । चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने निर्वाचन आयोग जनाएकाे छ ।


स्थानीय प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको हाे । आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ ।

उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

हेर्नुहाेस सूचना













0 प्रतिकृया