Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भूमि आयोगका केन्द्रीय अध्यक्ष नै कांग्रेस उम्मेदवारलाई हराउन लागेकाे भन्दै पत्राचार

एक्सन खबर
बैशाख, २८, २०७९


भूमि आयोगका केन्द्रीय अध्यक्ष नै कांग्रेस उम्मेदवारलाई हराउन लागेकाे भन्दै पत्राचार

काठमाडौं । भूमि आयोगका केन्द्रीय अध्यक्षले कांग्रेसका उम्मेदवारलाई खुलेआम भोट नहाल्न अभियान चलाएपछि नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाले केन्द्रीय समितिलाई पत्राचार गरेको छ ।

नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका कमिटीले भूमि आयोगका केन्द्रीय अध्यक्ष केशब निरौलासहित तीन जनाको नामै किटान गरेर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सञ्जय भट्टराईलाई मत नहाल्नु भनि खुलेआम भन्दै हिँडेको भनी केन्द्रीय कार्यालयमा पत्राचार गरिएको हो ।

कांग्रेस गाउँ कमिटी अध्यक्ष योगेन्द्र दाहाल तथा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराई समेतले आज हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा पठाएको पत्रमा कांग्रेस क्षेत्र नं. ३ क्षेत्रीय प्रतिनिधी समेत रहेका निरौला, भूमि आयोगकै सहयोगी तथा क्षेत्रीय प्रतिनिधि मदन सेडाई तथा महाधिवेशन प्रतिनिधी जयराज संयोगले पार्टीको आचारसंहिता विपरित आफ्नै उम्मेदवारलाई हटाउने हर्कत गरेको भनिएको छ ।

‘बैशाख ३० गते सम्पन्न हुने निर्वाचनका लागि हाम्रो पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार (श्री सञ्जय भट्टराई नेपाली कांग्रेस प्रदेश १ नं. सदस्य) ले गाउँ कार्य समितिमा दिएको निवेदन अनुसार अध्यक्ष पदका उम्मेदवारलाई मत नहाल्नु÷नदिनु भनी गैरजिम्मेवारीपूर्ण कार्य गर्दै खुलेआम हिँड्ने पार्टीका सदस्यहरुलाई पार्टीको विधान र निती अनुसार उक्त कार्य नगर्न निर्देश नगरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।’ पार्टी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ ।

कानेपोखरी गाउँपालिकामा कांग्रेसले अध्यक्षमा भट्टराईलाई उम्मेदवार बनाउँदा उपाध्यक्षमा मनकुमारी गुरुङ्गलाई उम्मेदवार बनाएको छ । पालिकामा महिला पुरुष गरी ३४,०४५ मतदाता रहेका छन् ।













0 प्रतिकृया