Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, साढे चार हजार सुरक्षाकर्मी फिल्डमा

एक्सन खबर
बैशाख, २९, २०७९


रुपन्देहीमा १२८ मतदानस्थल संवेदनशील, साढे चार हजार सुरक्षाकर्मी फिल्डमा

बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् ।  सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा चार हजार चार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी २४ सय, नेपाल प्रहरी १४ सय र सशस्त्र प्रहरी ६०० परिचालन गरिएको पाण्डेले बताए । तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ ।

पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी छन् । मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।













0 प्रतिकृया