धरानमा मेयर राई तथा स्वतन्त्र उम्मेदवार साम्पाङले गरे मतदान
एक्सन खबर
सुनसरी । धरान उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतदान गरेका छन् । धरानको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङले १२ः१९ बजे धरानको कार्मेल स्कुलको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
हाम्रा संवाददाता भरतराज शर्माका अनुसार धरानमा स्थानीय तहको निर्वाचनमा मतदाताले उत्साहजनक सहभागीता जनाइरहेका छन् । धरानमा बर्तमान नगरप्रमुख तिलक राईले मतदान गरिसकेका छन् । उनले पनि कार्मेल स्कुलकै मतदान केन्द्रमा मतदान गरेका हुन् ।
धरानका सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय धरानले जनाएको छ । धरानको २८ मतदानस्थलमा १०७ वटा मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न भएपछि मतगणना भने शनिबार बिहानदेखि मात्र हुने भएको छ ।
हिजो बिहिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र गर्ने निर्णय गरेको छ ।
0 प्रतिकृया