Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


अपरान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भइसक्याेः आयोग

एक्सन खबर
बैशाख, ३०, २०७९


अपरान्ह १२ बजेसम्म करिव ३५ प्रतिशत मतदान भइसक्याेः आयोग

काठमाडौं । निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ । आज देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ विर्नाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ । आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरुमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।













0 प्रतिकृया