गढीमा एमालेका आश नारायण चौधरीको अग्रता
एक्सन खबर
दुहवी । सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट प्रमुख पदमा रहेका आश नारायण चौधरीले कांग्रेसलाई पच्छ्याउँदै अग्रता कायम गरेका हुन् । करिब ३ घण्टा अगाडी गढी वडा नं. १ को मतगणनामा कांग्रेसका महेश दत्तले अग्रता लिएता पनि २ नं. वडाको मतगणना थालेसँगै चौधरीले अग्रता बनाएका हुन् ।
पछिल्लो मतगणना अनुसार एमालेको चौधरीले ६७६ मत हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी दत्तले ६०७ मत रहेको छ । यो मत गढी वडा नं. १ र २ को प्रारम्भिक मत गणनाबाट प्राप्त भएको हो ।
गढी गाउँपालिका नेकपा एमाले नेतृ भगवती चौधरीको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ । २०७४ सालमा गढीमा नेपाली कांग्रेसले जित हासिल गरेकोमा यसपल्ट एमालेले पकड कायम गरेको छ । गढी गाउँपालिकासँगै बर्जु गाउँपालिकामा पनि एमालेले अग्रता बनाएको छ ।
बर्जुको नयाँ अपडेट अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार जिवछ कुमार रायले २८८ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका रघुनन्दन चौधरीले २६७ मत प्राप्त गरेको हाम्रा संवाददाता सञ्जय चौधरीले बताएका छन् ।
यता दुहवी नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । वडा नं. १ को अध्यक्षमा भने एमालेका उम्मेदवारले जित हासिल गरिसकेका छन् ।
0 प्रतिकृया