धरानमा एमालेले खोल्यो खाता
एक्सन खबर
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । धरान वडा नं. २ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार रमेश राई विजयी भएका छन् ।
उनी ७४८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुले ६२७ मत प्राप्त गरे ।
एमालेबाट विजयी समिर राईले ६६० मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाए । दलित महिला सदस्यमा बुनु शंकर ६८० मत पाएर विजयी भइन् । एमालेका उम्मेद्वारले ६५५ मत पाएका छन् ।
महिला खुला सदस्यमा कांग्रेसकी सन्ध्या श्रेष्ठ ६८४ मत पाएर विजयी भइन्हुँदा प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाइन् । कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भए भने प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाएका छन् ।
वडामा मेयरमा गठबन्धनका किशोर राईले ५४८ मत पाएका । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३७९ मत पाए । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३७५ मत पाउँदा राप्रपाले ६४ मत पाएको छ ।
उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघालाई ६६९ र एमालेका उम्मेद्वार पदम इस्वोले ४४८ मत हासिल गरेका छन् । स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले ५६, राप्रपाका उम्मेद्वारले ६३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
0 प्रतिकृया