Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


निर्वाचनमा धाँधली गरेको ठहर गर्दै एमालेले गठबन्धनमाथि लगायो १५ आरोप

एक्सन खबर
जेठ, १, २०७९


निर्वाचनमा धाँधली गरेको ठहर गर्दै एमालेले गठबन्धनमाथि लगायो १५ आरोप

काठमाडौं, १ जेठ ।  नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ ।

एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।

हेर्नुहाेस् एमालेले लगाएका आरोपहरू













0 प्रतिकृया