Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


मतदानभन्दा १५ मत बढी भेटिएपछि प्रहरीले गर्‍याे हवाइ फायर

एक्सन खबर
जेठ, २, २०७९


मतदानभन्दा १५ मत बढी भेटिएपछि प्रहरीले गर्‍याे हवाइ फायर

जनकपुरधाम, २ जेठ । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएकाे भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएकाे थियाे । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेकाे थियाे । धनाैजी-३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।













0 प्रतिकृया