Follow us:


Follow us

५ जेठ २०८१, शनिवार
५ जेठ २०८१, शनिवार


गढी गाउँपालिकामा एमालेका आश नारायणकाे जित निश्चित

एक्सन खबर


गढी गाउँपालिकामा एमालेका आश नारायणकाे जित निश्चित

सुनसरी । कांग्रेस नेता विजयकुमार गच्छदारकाे क्षेत्र गढी गाउँपालिकामा नेकपा एमालेको ऐतिहासिक जित सुनिश्चित भएको छ । वडाका ६ वडामध्ये ५ वटा वडाको मत गणना भइसक्दा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार आश नारायण चौधरीले एउटा वडाको भन्दा बढी मत पाइसकेकाले उनको जित सुनिश्चित भएको हो ।

उपाध्यक्षकी उम्मेदवार अनिता साहले समेत राम्राे अग्रता कायम गरेकी छन् । बिहिबार साँझसम्मको मतगणना अनुसार गढी गाउँपालिकामा वडा नं. १ मा वाहेक अन्यमा एमालेकै उम्मेदवारहरु प्यानलै विजयी भएका छन् । वडा नं. २ मा प्रभाकर माझी, वडा नं. ३ मा कुशेश्वर यादव, वडा नं. ४ मा रामसेवक साह तथा वडा नं. ५ मा चन्दुकुमार सरदारको प्यानलै विजयी भएका छन् ।

उनीहरुले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई पराजित गर्दै वडामा लालकिल्ला गाडेका मात्र छैनन् गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा समेत लालकिल्ला गाड्ने आधार तयार गरिदिएका छन् । उध्यक्षका उम्मेदवारले बिहीबार बिहानसम्म करिब ३२ सय मतले प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार महेश दत्तलाई पछि पारेका छन् । बिहिबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतकाे कार्यालयकाे तयारी छ ।

वडा नं. २, ३, ४ र ५ को अध्यक्षसहित वडा सदस्य, खुल्ला महिला सदस्य, दलित महिला सदस्यमा एमालेकै उम्मेदवार निर्वाचित भए । १ नं. वडामा भने, नेपाली कांग्रेसका उम्मेदवार प्रदीप कुमार चौधरी विजयी भए । आज गढी गाउँपालिका वडा नं. ६ को मत गणना हुने तथा साँझ सम्म नतिजा आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको अध्यक्षमा जित सुनिश्चित भइसकेका शैक्षिक तथा आर्थिक क्षेत्रमा सक्रिय युवा हुन् । आश नारायण चौधरीले गढीका जनताको आवश्यक्ता, समस्या बुझेका छन् । गढीमै जन्मेर शिक्षादिक्षासँगै ब्यवसायिक कर्म गरेका चौधरीले किसान, मजदुर, विद्यार्थी, युवा, महिला तथा बालबालिका बृद्धबृद्धाहरुको जिवनस्तर कसरी सुधार्ने ?, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषि क्षेत्रको विकास र स्तरोन्नतीको के गर्ने ? योजना बनाएर मात्र काम गर्ने बताएका छन् ।

पालिकामा विजयी भइसकेपछि चौधरीले कुनैपनि राजनीतिक विचारधारा भन्दा माथी रहेर आम जनताको प्रतिनिधित्व हुने गरी शासक भन्दा पनि जनताको सेवकको रुपमा काम गर्ने सोच राखेका छन् ।

त्यसो त चौधरीले आफ्नो जन्मभूमीको सेवा गर्नकै लागि मासिक लाखौं रुपैंया तलब भत्ता रहेको माईक्रोफाइनान्सको सिइओ समेत छाडेर राजनीतिमा लागेका हुन् । करिब दुई दशक देखि शिक्षा तथा आर्थिक क्षेत्रमा काम गर्दा हासिल गरेको सामाजिक, आर्थिक तथा प्रशासनिक अनुभवलाई पालिकामा प्रयोग गर्ने चौधरीको सोच रहेको छ ।













0 प्रतिकृया