Follow us:


Follow us

१९ वैशाख २०८१, बुधवार
१९ वैशाख २०८१, बुधवार


घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

एक्सन खबर
जेठ, ५, २०७९


घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

दाङ, ६ जेठ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।  मेयरमा एमालेका नरुलाल चौधरी पुनः निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन् ।

चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतले निर्वाचित भएकी छन् ।

डिसीले ३०४०३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गरे ।  













0 प्रतिकृया