धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार साम्पाङ जित तर्फ
एक्सन खबर
सुनसरी । स्थानीय निकायको निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारसँगको दुरी बढाउँदै जित सुनिश्चित बढाउँदै लगेका छन् । धरानका १६ वटा वडाहरुको मतगणना सम्पन्न भइसक्दा साम्पाङसँग गठबन्धन दल कांग्रेसका किशोर राई ३०९२ मतले पछि छन् ।
मत गणना सकिएका वडा नं. १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१८ र १९ सहित वडा नं १५ को ४८०० वडा नं १६ को १००० मत वडा नं २० को १३१० मत गणना गर्दा राई साम्पाङसँग ३०९२ मतले पछि परेका हुन् ।
शनिबार अपरान्ह ४ः१० बजे निर्वाचन अधिकृतको कार्यालयले दिएको नतिजा अनुसार मेयर तर्फ साम्पाङले १५९६६ मत पाउँदा राईले १२८७४ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी १०४५२ मत सहित तेश्रो स्थानमा रहेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदमा गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् । माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम वेघाले १५७६९ मत प्राप्त गर्दा एमालेका पद्म प्रसाद लिम्बुले १४२५२ मत प्राप्त गरेका छन् ।
यता वडाको मतगणना तर्फ वडा नं. १५ को ४८०० मत गणना हुँदा एमालेका उम्मेदवारले २२४९ मत पाएका छन् । गठबन्धन एमाओवादीका उम्मेदवारले ७६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धरानको हालसम्म ४९३७४ मत गणना सम्पन्न भइसकेको छ ।
धरानमा स्वतन्त्र उम्मेदवारले मेयर पदमा जित सुनिश्चित गर्ने देखिएपनि वडाहरुमा भने कांग्रेस, एमालेको पकड कायम रहेको छ । पछिल्लो अपडेट अनुसार धरान १३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार नेत्रप्रसाद काफ्ले प्यानलै विजयी भएका छन् ।
0 प्रतिकृया