Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मतले बालेन अगाडी

एक्सन खबर
जेठ, ८, २०७९


सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मतले बालेन अगाडी

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गरेकी छन् ।

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १७ हजार ७४० बढी मत प्राप्त गरेका छन् ।













0 प्रतिकृया