Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


बजेट भाषणः कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

एक्सन खबर
जेठ, १५, २०७९


बजेट भाषणः कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।

 ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम

सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने भनिएकाे छ ।

त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ ।

 किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ

यस्तै, सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री शर्माले बताए ।

‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत  योगदानमा आधारित किसान पेन्सन योजना  सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ शर्माले भने ।

कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्मा गरिदिने समेत उनले जनाए । कोष सञ्चालनको लागि विज पुजी एक अर्ब रुपैयाँ छु्ट्टयाइएको उनले बताए ।

पाँच खर्ब बराबरको लघुवित्त कोष

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गरिने सरकारकाे याेजना छ ।

कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने अर्थमन्त्रीले बताए । कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमार्फत पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने छ ।













0 प्रतिकृया