Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

एक्सन खबर
जेठ, १५, २०७९


वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए ।

चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए । तराई मधेशका नदीहरूमा तटबन्ध गरी नदी उकास जमिनमा बायोइन्जिनियरिङ लगायतका माध्यमबाट हरियाली करिडोर निर्माण गरिने मन्त्री शर्माले बताए ।

महाभारत क्षेत्रमा खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानमा वातावरणीय मूल्यांकनका आधारमा मार्वल, ग्रेनाइट तथा बहुमूल्य धातु फलाम, चुनढुंगाको उत्खनन तथा प्रशोधन गरी निर्यात गरिने मन्त्री शर्माले बताए ।
 













0 प्रतिकृया