Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता

एक्सन खबर
जेठ, १५, २०७९


अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन् ।

हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो ।


यस्तै, २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ । अर्थमन्त्री शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।













0 प्रतिकृया