Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन

एजेन्सी
जेठ, १६, २०७९


श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन

कोलम्बो, १६ जेठ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् ।

श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएका छन् ।

महिन्दा राजापाक्षेत्रको राजीनामापछि राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामीले प्रस्ताव गरेका नयाँ प्रणाली अनुसार राष्ट्रपति संसदप्रति उत्तरदायी हुनेछन्। मन्त्रीहरूको मन्त्रिपरिषद् पनि संसदप्रति उत्तरदायी हुन्छ’, विक्रमासिंघेले राष्ट्रका नाममा टेलिभिजन सम्बोधनमा भने ।
 













0 प्रतिकृया