‘जनताले गणतन्त्रको प्रत्याभूत गर्न सकेनन्’ भगवती चौधरी
एक्सन खबर
जेठ १५, सुनसरी । एमाले नेतृ भगवती चौधरीले मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसकेपनि जनताले अनुभूत गर्न नसकेको बताएकी छन् । एमाले केन्द्रीय सदस्य चौधरीले १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै जनताले अझैपनि पूर्णरुपमा गणतन्त्रको अनुभूती गर्न नपाएको बताएकी हुन् ।
‘आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । एकात्मक शासनसत्ता ढलेर मुलुक गणतन्त्रात्मक शासन पद्दतिमा प्रवेश गरेको पनि १५ वर्ष पुगिसकेछ । तर, जनताले अझैपनि पूर्णरुपमा गणतन्त्रको अनुभूत गर्न पाइरहेका छैनन् ।’ महिला अधिकारवादी नेतृ चौधरीले उल्लेख गरेकी छिन् ।
सिंहदरबारमा केन्द्रीत शासनसत्तालाई जनताका घरघरमा पुर्याउने प्रणाली अवलम्बन गरिएतापनि कार्यान्वयनका पक्षहरु फितलो भइदिँदा जनतामा संघीयता, गणतन्त्रका सवालमा संशय पैदा भइरहेको चौधरीको भनाई छ उनले अझैपनि दुरदराजका जनता विकासका आधारभूत आवश्यक्ताबाट बञ्चित रहेको पनि उल्लेख गरेकी छिन् ।
यस्तै, चौधरीले १० वर्षे जनयुद्धमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका धेरै अमानवीय घटनाहरुमा पिडितले न्याय पाउन नसकेको, सत्यनिरुपण आयोग गठन गरेर द्वन्द्वकालिन घटनाका विषय हल गर्ने भनिएपनि नभएको जनाएकी छन् । ‘शान्ति प्रक्रियाका धेरै कामहरु अधुरा रहेकाले समाजमा अझैपनि द्वन्द्वकालिन घटनाका अवयव छन् ।’ चौधरी भन्छिन् ।
जनताले पूर्णरुपमा मानवअधिकारको प्रत्याभूत गर्न नसकेको उल्लेख गर्दै चौधरीले राज्यमा सामाजिक, आर्थिक, लैििङ्गक तथा सांस्कृतिक विभेदहरु विद्यमान रहेको भन्दै जवसम्म पूर्णरुपमा समुन्नत समाज निर्माण हुन सक्दैन तवसम्म गणतन्त्र, संघीयता जस्ता विषयहरुले पूर्णता नपाउने ठहर गरेकी छन् ।
चौधरीले अहिलेको आवश्यक्ता भनेको आर्थिक समृद्धि, सुशासन रहेको बताएकी छिन् । विश्वव्यापी कोरोना महामारीले विश्वकै अर्थतन्त्र धरासायी बनाउँदा हामीपनि त्यसबाट अछुतो नरहेको जनाउँदै अब समृद्ध मुलुक, सुखी नेपालीको अवधारणा अनुसार आर्थिक विकास पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएकी छन् ।
‘युवा रोजगारी, प्राविधिक सीप, उद्यमशीलता, सूचना प्रविधिको विकास, विस्तार आजको अपरिहार्यता हो । यीनै विषयमा अबको राजनीति अगाडी बढेमात्र जनताले गणतान्त्रिक राज्य व्यवस्थाको अनुभूत गर्न पाउँछन् ।’ १५ औं गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै चौधरीले भनेकी छिन् ।
0 प्रतिकृया