Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


इटहरीबाट पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ

एक्सन खबर
जेठ, १६, २०७९


इटहरीबाट पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी, जेठ १६ । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी-५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र मेड इन यूएसए लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ ।

लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।














0 प्रतिकृया