Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


तीन एजेन्डामा केन्द्रित हुँदै लोसपाकाे बैठक बस्दै

एक्सन खबर
जेठ, २२, २०७९


तीन एजेन्डामा केन्द्रित हुँदै लोसपाकाे बैठक बस्दै

काठमाडौं, २२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार–लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शानिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए ।

पार्टीले सन्तोषजनक परिणाम निर्वाचनमा ल्याउन नसक्नुको कारण एकातिर निष्पक्ष निर्वाचन नभएको र र पार्टी संगठन विस्तार गर्न कोरोनाका कारण सम्भव नभएको बताएका थिए । उनी नेतृत्वको लोसपा सरकारमा जाने चर्चा पनि चल्दै आएको छ । स्थानीय तहमा ठूलो भएको दल नेपाली कांग्रेससँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन लोसपाले चाहेको छ ।

 













0 प्रतिकृया