Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


कियाचू बुसान शाखाकाे अध्यक्षमा कन्दङ्वा

एक्सन खबर
जेठ, २३, २०७९


कियाचू बुसान शाखाकाे अध्यक्षमा कन्दङ्वा

धरान । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले संजोग कन्दङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मत रुपले चयन समेत गरेको छ ।

सन २०१४ मा स्थापना भएको उक्त शाखाले बुसानस्थित खिमेसि दोसाङ्दोङ ८९३-२ छुन्ङ जीके हलमा आईतवार कोरिया शाखाको चौथो अधिबेशन सम्म्पन्न गरेको नबनिर्बाचित सम्योजक सन्जोग कन्दङ्वाले कोरियाबाट जानकारी दिए ।

कन्दङ्वाको नेतृत्वमा नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सबिन लिङ्खिम छन् । यसैगरी उपाध्यक्षहरुमा दिवश वनेम, रोशन फियाक, प्रताप चन्द्र इदिङ्गो र सुमन जबेगुलाई चयन गरिएको छ । सचिवमा चन्द्र लिम्बू र सह-सचिवमा गोपाल लिम्बू चयन भएका छन् । कोषाध्यक्षमा श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वा चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा विवेक निङ्लेखु, इन्द्र लिम्बू, राज नेम्बाङ, किरण लिम्बू, सन्तोष योङ्हाङ, दिलिप खापुङ, अदृश्य कन्दङ्वा, नाम्बिन लिम्बू, सुमन साम्सोहाङ र शुक्रराज कन्दङ्वा चयन भएका  छन् ।

चुम्लुङ कोरियाका अध्यक्ष मिराक लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न जातिय एव् क्षेत्रीय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।













0 प्रतिकृया