Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक अष्ट्रेलियामा भेला हुने

एक्सन खबर
जेठ, २४, २०७९


नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक अष्ट्रेलियामा भेला हुने

लण्डन, २४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक भेला हुने भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको  चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने भएका हुन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका एक सयभन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताए ।एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ । समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ ।

डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा. राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरुङ (अष्ट्रेलिया), डा. सुनिल साह (युके), डा. बोधराज सुवेदी (पोल्याण्ड), डा. शिवप्रसाद श्रेष्ठ (नेपाल), डा. पदम सिम्खडा (युके), डा. सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा. नितेश अर्याल (कतार), डा. ओम कुर्मी (युके), डा. अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा. लुसुन चालिसे (जापान), डा. प्रभात अधिकारी (नेपाल) रहेका छन् ।

यसैगरी, डा. प्रकाश श्रेष्ठ (अमेरिका), डा. शर्मिला गुरुङ (हङकङ), प्रसुना कँडेल (युके), डा. पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा. अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल) र रिना केसी (अष्टेलिया) रहेका छन् ।













0 प्रतिकृया