Follow us:


Follow us

१२ वैशाख २०८३, शनिवार
१२ वैशाख २०८३, शनिवार


‘अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन’

एक्सन खबर
जेठ, २८, २०७९


‘अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन’

सप्तरी, २७ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन नसक्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सामुदायिक प्रहरी साझेदारीमा नागरिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि रहेका गौतमले उक्त कुरा बताएका हुन् ।

'जन्मेदेखि चिहानसम्मको सबै काम प्रहरी नजिक ठोक्किएर आउँछ । प्रहरीको जनशक्ति थोरै भए पनि जन अपेक्षा धेरै छ । त्यसैले प्रहरीले आम नागरिकसँग कहिले पनि भेदभाव र धोखा गर्न हुँदैन,' उनले भने ।

जनताले प्रहरीबाट सस्तो र सजिलो न्याय पाउनु पर्नेमा उनले जोड दिए । सेवा प्रदान गर्ने क्रममा भएका कमीकमजोरी नागरिकले औँल्याइ दिएकाले कमीकमजोरी सुधार गर्नुपर्ने भनाइ प्रजिअ गौतमको भनाइ थियो ।

उनले प्रहरीले धेरै प्रयास गरे पनि सडक दुर्घटना न्यूनीकरण गर्न नसकेकोले यसको न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । अपराधीहरूलाई सप्तरी प्रहरीले समात्दै आए पनि कतिपय घटनामा टेक्निकल समस्या भएकोले अनुसन्धान गर्न कठिनाइ र ढिलो भइरहेको हो । सप्तरी प्रहरीले गरेको काम सराहनीय रहेको प्रजिअ गौतमको भनाई रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफ्लेले नागरिक बिना बर्दिको प्रहरी भएको बताए ।













0 प्रतिकृया