Follow us:


Follow us

१२ वैशाख २०८३, शनिवार
१२ वैशाख २०८३, शनिवार


चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या

एक्सन खबर
जेठ, २९, २०७९


चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या

सुनसरी, २९ जेठ । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रतिकात्मक तस्विर













0 प्रतिकृया