Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


दोर्दी खोला आइपीओमा आज पनि आवेदन दिन सकिने

एक्सन खबर
जेठ, ३१, २०७९


दोर्दी खोला आइपीओमा आज पनि आवेदन दिन सकिने

काठमाडौं, ३१ जेठ । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो ।

जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १० लाख १९ हजार ८६९ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।

दोर्दी खोला जलविद्युतको आइपीओमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।













0 प्रतिकृया