Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


आज सातै प्रदेशले बजेट ल्याउँदै

एक्सन खबर
असार, १, २०७९


आज सातै प्रदेशले बजेट ल्याउँदै

काठमाडौं, १ असार । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारकाे चालु आवकाे बजेट २ खर्ब ६१ अर्ब रहेकाे छ ।













0 प्रतिकृया