यस्ताे छ आजकाे तरकारी तथा फलफूलको थाेक मुल्य
एक्सन खबर
काठमाडौं, ७ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
आज मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा मुल्य कायम गरिएकाे छ ।
यस्तै, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, हाइब्रीड काक्रो, डल्लो फर्सि, स्कुस, लौका, घिरौला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, कागती प्रतिकेजी १५० रुपैयाँ कायम गरिएकाे छ । किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरीलो २२५ रुपैयाँ, लोकल लिच्ची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा र चुकुन्दर प्रतिकेजी ८५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ रहेकाे समितिले जनाएकाे छ ।
त्यस्तै, लोकल घिउ सिमी ५५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, झिगूनी ३५ रुपैयाँ, टाटे सिमी २१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ रहेकाे छ ।
निगुराे ६५ रुपैयाँ परवर ३१ रुपैयाँ, पुदीना ३७५ रुपैयाँ ब्रोकाउली २१० रुपैयाँ, रुख कटहर र भिण्डी ३५ रुपैयाँ मकै बोडीलाई प्रतिकेजी ७५ रुपैयाँ पर्ने छ । याे मुल्य कालिमाटी तरकारी तथा फलफुल बजारकाे थाेक मुल्य हाे । उपभाेक्ताले बजारमा याे भन्दा बढी मुल्यमा खरिद गर्नुपर्नेछ ।
0 प्रतिकृया