Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


हवाई भाडामा अचाक्ली वृद्धि, काठमाडाैं–विराटनगरकाे भाडा १० हजार बढी

एक्सन खबर
असार, ७, २०७९


हवाई भाडामा अचाक्ली वृद्धि, काठमाडाैं–विराटनगरकाे भाडा १० हजार बढी

विराटनगर, ७ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै हवाई भाडामा पनि भारी वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले आगामी बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।

संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । जारी गरिएको भाडामा काठमाडौंबाट विराटनगरको भाडा मात्रै १० हजार ८० पुगेको छ । यसअघि याे रूटमा ४ हजार ५ सय देखि ५ हजार भाडादर रहेकाे थियाे ।

यस्तै काठमाडौं भद्रपुरको भाडा १२ हजार ८ सय ५, काठमाडौं जनकपुरको ५ हजार ७ सय ९५, काठमाडौं भरतपुरको ४ हजार ९ सय ३५, काठमाडौं पोखराको ६ हजार ९ सय ५, काठमाडौं भैरहवाको ८ हजार ५ सय ७५ रहेकाे छ ।

काठमाडौं नेपालगञ्जको १३ हजार ८ सय १५, काठमाडौं धनगढीको १६ हजार ८ सय ५, काठमाडौं तुम्लिङटारको ८ हजार १ सय १० र काठमाडौं सिमराको ४ हजार १ सय ९५ रहेको संघले जनाएकाे छ ।

आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।

मुल्यवृद्धिले यातायात क्षेत्र समेत प्रभावित भएकाे छ । देशका सबै स्थानमा चल्ने यातायातका साधनले भाडा बढाएका छन् ।













0 प्रतिकृया