Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


हवाई भाडामा अचाक्ली वृद्धि, काठमाडाैं–विराटनगरकाे भाडा १० हजार बढी

एक्सन खबर
असार, ७, २०७९


हवाई भाडामा अचाक्ली वृद्धि, काठमाडाैं–विराटनगरकाे भाडा १० हजार बढी

विराटनगर, ७ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै हवाई भाडामा पनि भारी वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले आगामी बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो ।

संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । जारी गरिएको भाडामा काठमाडौंबाट विराटनगरको भाडा मात्रै १० हजार ८० पुगेको छ । यसअघि याे रूटमा ४ हजार ५ सय देखि ५ हजार भाडादर रहेकाे थियाे ।

यस्तै काठमाडौं भद्रपुरको भाडा १२ हजार ८ सय ५, काठमाडौं जनकपुरको ५ हजार ७ सय ९५, काठमाडौं भरतपुरको ४ हजार ९ सय ३५, काठमाडौं पोखराको ६ हजार ९ सय ५, काठमाडौं भैरहवाको ८ हजार ५ सय ७५ रहेकाे छ ।

काठमाडौं नेपालगञ्जको १३ हजार ८ सय १५, काठमाडौं धनगढीको १६ हजार ८ सय ५, काठमाडौं तुम्लिङटारको ८ हजार १ सय १० र काठमाडौं सिमराको ४ हजार १ सय ९५ रहेको संघले जनाएकाे छ ।

आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।

मुल्यवृद्धिले यातायात क्षेत्र समेत प्रभावित भएकाे छ । देशका सबै स्थानमा चल्ने यातायातका साधनले भाडा बढाएका छन् ।













0 प्रतिकृया