Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


पर्यटन र सहरी विकासमन्त्रीले दिए राजिनामा, भावुक भइन् झाँक्री

एक्सन खबर
असार, १२, २०७९


पर्यटन र सहरी विकासमन्त्रीले दिए राजिनामा, भावुक भइन् झाँक्री

काठमाडौं, १२ असार । सत्ता गठबन्धनका दुइ मन्त्रीले राजिनामा दिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेका  सहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति तथा पर्यटनमन्त्री प्रेम कुमारआलेले राजीनामा दिएकाे घाेषणा गरेका छन् ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनीहरूले राजिनामा दिएका हुन् । आइतबार सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  मन्त्री झाँक्रीले राजीनामा दिएकी हुन् । साे क्रममा उनी भावुक पनि भएकी छन् । काठमाडाैंकाे फाेहरमैला व्यवस्थापनमा पछिल्लाे समय राम्रै काम गरिरहेकी झाँक्री मन्त्रालयका सचिवले ८ महिना २० दिनमा भएका कामहरूकाे विवरण बताउँदै गर्दा टिलपिल भइन् ।

उनले यसअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएकी थिइन् ।  

झाँक्रीसँगै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् । प्रेम आलेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका थिए ।  

उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध खबरदारी निरन्तर रहने बताएका छन् ।

'म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु', आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने ।

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्तै नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । जनताले आफ्नो कामको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । 'पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे', उनले भने ।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो ।

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा बिबाद देखिएको थियो ।

यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए ।













0 प्रतिकृया