Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


स्वर्गीय दिनेश चौधरीको स्मृतिमा बृक्षरोपण

एक्सन खबर
असार, १२, २०७९


स्वर्गीय दिनेश चौधरीको स्मृतिमा बृक्षरोपण

सुनसरी । ग्रामिण महिला उत्सुकता मञ्च नेपालका संस्थापक स्वर्गीय दिनेश चौधरीको १५ औं स्मृति दिवसमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बृक्षरोपण गरेको छ ।

फरवार्ड नेपाल मार्फत गाउँगाउँमा महिला सशक्तिकरणको अभियान चलाउँदै महिलालाई आर्थिक रुपमा सवल बनाउने अभियान्ता स्वर्गीय दिनेश चौधरीको १५ औं वार्षिक पुन्य तिथीको अवसरमा केन्द्रीय कार्यालयसँगै शाखा, केन्द्रहरुबाट बृक्षरोपण गरिएको हो ।

फरवार्ड माइक्रोफाइनान्सको मोरङको रंगेली शाखाले इलाका प्रहरी कार्यालय रंगेलीको प्राङ्गणमा बृक्षरोपण गरेको छ । सो क्रममा फरवार्ड शाखा रंगेलीका कर्मचारी तथा इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरीहरुले फलफुलका बृक्षरोपण गरेका थिए ।

यसैगरी, फरवार्डको बर्दिया शाखाले पनि स्वर्गीय दिनेश चौधरीको स्मृति दिवसमा बृक्षरोपण गरेको छ । बर्दिया शाखाले इलाका प्रहरी कार्यालय राजापुरमा विभिन्न प्रजातिका फलफुलका बिरुवाहरु रोपेका छन् । भने, फरवार्डको इश्वरपुर शाखा कार्यालयले इलाका प्रहरी कार्यालय केशरगञ्जसँगको सहकार्य गरेर चन्द्रनगर गाउँपालिकाको नवनिर्मित अस्पताल हाताभित्र बृक्षरोपण गरेको छ ।

यस्तै फरवार्डको नवलपरासी दुमकौली शाखा कार्यालयले रुख रोपौं, पर्यावरण जोगाउँ भन्ने नाराका साथ बृक्षरोपण गरेको छ । सुनसरीको तरहरा शाखाले पनि बृक्षरोपण गरेको छ ।

फरवार्डले हरेक वर्ष स्वर्गीय चौधरीको वार्षिक पुन्य तिथीको अवसरमा बृक्षरोपण सहित विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको छ । महिला उद्यमशिलतासँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा सक्रिय दिनेश चौधरीको २०६४ असार १२ गते सडक दुर्घटनामा अल्पायुमै निधन भएको थियो ।

















0 प्रतिकृया