Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : केपी शर्मा ओली

एक्सन खबर
असार, १५, २०७९


लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : केपी शर्मा ओली

काठमाडौं, १५ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् ।

१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरवाहीका कारण आएको बताए । उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए ।

अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने उनकाे तर्क छ ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।













0 प्रतिकृया