Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


दुहवीमा पनि मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

एक्सन खबर
असार, १५, २०७९


दुहवीमा पनि मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

दुहवी । राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको दुहवीमा धान रोपाई कार्यक्रम आयोजना गरिएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचत तथा ऋण सहकारी संस्था तथा लायन्स क्लव अफ दुहवी ३२५ ए वानको संयुक्त आयोजनामा करिब आठ कठ्ठा खेतमा धान रोपाई कार्यक्रम गरिएको थियो ।

संयुक्त रोपाई कार्यक्रम नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले विधिवत रुपमा पुजा गरी सुरुवात गर्दै धानको विउ रोपेकी थिइन् । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँने गरेकोमा दुहवीमा धान रोपाई गरिएको हो ।

कार्यक्रममा स्थानीय किसानसँगै युवाहरुको साथमा नेतृ चौधरीले उत्साहपूर्वक रोपाईमा सहभागीता जनाएकी थिइन् । राजनीतिसँगै समाजसेवा र महिला आर्थिक सशक्तिकरणको अभियानमा सक्रिय चौधरीले ‘कृषि मुलश्च जीवनम्’ भन्ने भनाईलाई ब्यवहारिक रुपमै लागू गराउन कृषि क्षेत्रमा समर्पितहरुको सम्मान गर्नुपर्ने बताइन् ।

धानको उत्पादकत्व बढाउन र कृषि कर्ममा समर्पित किसानहरुप्रति सम्मान जनाउन र कृषि नै मानव जीवनको आधार स्तम्भ रहेको बुझाउन कार्यक्रम गरिएको नेतृ भगवती चौधरीले बताइन् ।

नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने तथा कृषिलाई व्यवसायिकरण गर्नुपर्ने माग भएता पनि राज्यले कृषि क्षेत्रको विकास, प्रवद्र्धनमा ठोस कार्यायोजना ल्याउन नसकेको नेतृ चौधरीको बुझाई छ । परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक कृषि प्रणाली अवलम्बन गर्नसके नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर हुने संभावना भएतापनि राज्यको कृषि नीति कमजोर रहेको नेतृ चौधरीको धारणा छ ।

‘कृषि क्षेत्रको विकास र विस्तारमा सरकारको नीति सधैं कमजोर भयो । आधुनिक कृषि प्रणाली छैन, किसानले समयमा मल, बिउविजन पाउँदैनन्, उत्पादित वस्तुहरुको उचित मुल्य पाउँदैनन् । एक हिसाबले हेर्ने हो भने हाम्रो कृषि उत्पादनहरु घरपरिवार चलाउने भन्दा माथि जान सकेन ।’ जवसम्म कृषि क्षेत्र व्यवसायिक हुन नक्दैन तवसम्म मुलुक परनिर्भरतामा रुमलिनु पर्ने बताउँदै चौधरी भन्छिन् ।

धान रोपाई कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स, ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड सहकारी तथा लायन्स क्लब दुहवीसँगै स्थानीय किसान दाजुभाई दिदिबहिनीहरुको समेत सहभागिता रहेको थियो ।

रोपाई कार्यक्रममा फरवार्ड माईक्रोफाइनान्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलाबती थरुनी, लायन्स क्लव अफ दुहवी ३२५ ए वानका अध्यक्ष राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।  
























0 प्रतिकृया