Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज र भाेली देशभर वर्षा हुने, सतर्कता अपनाउन अनुराेध

एक्सन खबर
असार, १६, २०७९


आज र भाेली देशभर वर्षा हुने, सतर्कता अपनाउन अनुराेध

काठमाडौं, १६ असार । बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । राति भारी वर्षा केही कम हुने आंकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भू–भाग नजिक रहेको छ । महाशाखाले मनसुन सक्रिय रहेकाले भारी मात्रामा वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।













0 प्रतिकृया