Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


बाढी पहिराेकाे विपद् व्यवस्थापनमा जुट्न अन्सारीकाे सरकार समक्ष माग

एक्सन खबर
असार, १६, २०७९


बाढी पहिराेकाे विपद् व्यवस्थापनमा जुट्न अन्सारीकाे सरकार समक्ष माग

काठमाडाैं । नेकपा एमालेका नेता बसरूद्धिन अन्सारीले बाढी पहिराेबाट प्रभावित जनतालाई जिउधनकाे सुरक्षा गरी राहत, पुनर्स्थापना कार्यक्रम तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गरेका छन् ।

एमाले २ नं. प्रदेश कमिटी सदस्य अन्सारीले केहिदिन यता परेकाे अविरल वर्षाले तराई तथा पहाडी क्षेत्रका जनता प्रभावित भएकाे जनाउँदै तत्काल विपद् व्यवस्थापनका कार्यक्रम घाेषणा गर्न प्रदेश र संघीय सरकार समक्ष माग गरेका हुन् ।

‘विगत केही दिनयता अविरल परेको वर्षासँगै पहाडी तथा तराईका अधिकांश जिल्लाहरुमा भू–क्षय, बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिहरु आउन सक्ने खतरा बढेको छ । प्रदेश २ का सप्तरी, सिराहा, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही लगायतका अधिकांश जिल्लाहरु जलमग्न भएको ठूला तथा साना खोलानालाहरु बाढीले भरिएको हुँदा आम जनता प्राकृतिक प्रकोपको खतरामा परेका छन् ।’ अन्सारीले लेखेका छन् ।

उनले प्रदेश तथा संघीय सरकार समक्ष प्राकृतिक विपद्को चपेटामा पर्नसक्ने जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित गर्न/गराउन समयमै सावधानी अपनाउन र विपद् व्यवस्थापनमा तत्काल उद्दार, राहतका कार्यक्रम ल्याउन भनेका छन् ।

कुनैपनि विपत् र संकटमा परेका बेला जनताको अभिभावक बन्नु राज्यको पहिलो दायित्व भएकाे स्मरण गराउँदै अन्सारीले विपदमा राज्य मुकदर्शक बन्न नसक्ने जिकीर गरेका छन् । साथै, उनले राजनीतिक दलका नेता, कार्यकर्ता, युवाहरुलाई बाढी पहिरोको चपेटामा पर्ने स्थानका जनताको उद्दार तथा पुर्नस्थापना र राहत कार्यमा जुट्न तयारी अवस्थामा रहन र आम जनसमुदायलाई समेत यस्ता प्रकोपहरुबाट बच्नकालागि आवश्यक सावधानी अपनाउन गरेका छन् ।

यस्तै अन्सारीले असार १५ राष्ट्रिय धान दिवसकाे अवसरमा कृषि कर्ममा समर्पित जनतालाई शुभकामना समेत दिँदै अन्सारीले भनेका छन्–‘मानो रोपेर मुरी फलाउने दिन असार १५ (राष्ट्रिय धान दिवस) को अवसरमा सम्पूर्ण किसान दाजुभाई तथा दिदिबहिनीहरुमा सुखः शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’













0 प्रतिकृया