Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


केएमसीले सञ्चालनमा ल्यायो नेपालमै पहिलो न्यूरो सर्जरी स्कील ल्याब

एक्सन खबर


केएमसीले सञ्चालनमा ल्यायो नेपालमै पहिलो न्यूरो सर्जरी स्कील ल्याब

काठमाडौं, १७ असार । नेपालमै पहिलोपटक काठमाडौं मेडिकल कलेजले न्यूरो सर्जरी स्कील ल्याव स्थापना गरेको छ । एकाध मेडिकल कलेजहरुमा जनरल सर्जरी ल्याबहरु रहेपनि केएमीले पहिलोपटक न्यूरो सर्जरी स्कील  ल्याब स्थापना गरेको हो ।

केएमसीका एडभान्स न्यूरो साइन्सेस सेन्टरका डाइरेक्टर डा. अमित थापाले न्यूरो सर्जनहरुले विदेशमै गएर तालिम लिनुपर्ने बाध्यता रहेकोमा अब केएमसीमै न्यूरो सर्जरी स्कील ल्याबबाट तालिम लिनसक्ने बताए । ‘जुनियर सर्जनलाई सर्जरीमा जोड्नु अगाडी उसका हातहरुलाई सर्जरीमा अभ्यस्त गराउन, माइक्रोस्कोपको अण्डरमा सुक्ष्म नसाहरुको सर्जरी गर्न, टाँचा लगाउने कार्यमा दक्ष बनाउन यो ल्याबमा तालिम दिइन्छ ।’ डा. थापाले एक्सन खबरसँग भने ।

यो ल्याबमा केएमसीका विद्यार्थी, जुनियर सर्जन तथा बाहिरका सर्जनहरुले समेत तालिम लिन सक्ने बताइएको छ । कलेजका जेनेरल मेनेजर नारायण दाहालले विद्यार्थी तथा जुनियर न्यूरो सर्जनहरुलाई सुक्ष्म सर्जरी गर्न अभ्यस्त बनाउन न्यूरो सर्जरी स्कील ल्याब स्थापना गरिएको बताए ।

यसअघि न्यूरो सर्जरी तालिम लिन सर्जनहरु विदेशमै जानु पर्दथ्यो । केएमसीले स्कील ल्याब सञ्चालनमा ल्याएसँगै न्यूरो सर्जरीसँग सम्बन्धीत उपकरण चलाउने तालिम लिन विदेश जानुपर्दैन ।

ल्याब सञ्चालनमा आएसँगै विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने माइक्रो न्यूरो सर्जिकल वर्कसप समेत सञ्चालन गरिएको छ । उक्त वर्कसपको शुक्रबार कलेजका प्रमुख कार्यकारी अधिकृत डा. केपी शर्माले उद्घाटन गर्दै न्यूरो सर्जरी अध्ययन गरिरहेका विद्यार्थी तथा जुनियर न्यूरो सर्जनहरुको हातको सीप विकासमा केएमसीको ड्राइ ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘अब न्यूरो सर्जनहरुले न्यूरो सर्जरी उपकरण चलाउन सिक्नकै लागि विदेश जानु पर्दैन । यो ल्याबले न्यूरो सर्जनको क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ डा. शर्माले भने ।

केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले केएमसीलाई नेपालको नमूना मेडिकल कलेज बनाउन तथा स्वास्थ्य सेवामा उच्चस्तरीय उपकरणहरु भित्राउन आफुहरु लागिरहेको बताए । डेढ वर्ष अगाडी केएमसीको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा अहिले धेरै सुधार आएको बताउँदै डा. शर्माले नागरिकलाई सर्वसुलभ शुल्कमा उच्चस्तरीय स्वास्थ्य सेवा र विद्यार्थीहरुलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न आफु प्रतिबद्ध रहेको जनाए ।

















0 प्रतिकृया