Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


नेकमा राेबाेट बनाउने पाँच दिने तालिम सम्पन्न

एक्सन खबर
असार, १७, २०७९


नेकमा राेबाेट बनाउने पाँच दिने तालिम सम्पन्न

काठमाडाैं ,१७ असार । नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा रोबोट निर्माण सम्बन्धि सफ्टवेयरको तालिम सम्पन्न भएकाे छ । पाँचदिने सो कार्यक्रम यही असार १३ गतेदेखि १७ गतेसम्म सम्पन्न भएको थियो ।

तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोगको क्षमतावृद्धी कार्यक्रम अन्तर्गत तालिम तथा विकास शीर्षक अन्तर्गत भएको कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले बताए ।

३२ जना सहभागी रहेको तालिममा सिभील, सिभील एण्ड रुरल, कम्प्यूटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विधाका शिक्षक तथा नेकको रोबोटिक्स क्लबका केहि विद्यार्थीको सहभागिता रहेको थियो ।

समापनमा मेकानिकल इन्जिनियर उप प्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात) निर्माण गरी चलाउन सिकाउँदै कार्यक्रमको उद्देश्य पूरा भएको बताए। कार्यक्रमका प्रमुख प्रशिक्षक उप प्राध्यापक निश्वान ढकालले कार्यक्रम एउटा सहजीकरणको माध्यम मात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने जिकीर गरे । कार्यक्रमका सहभागी सुवर्ण खड्काले कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयामले लाग्ने प्रेरणा मिलेको बताए ।

 रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको छ । मेसिन संयन्त्रहरुको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइ आएका सफ्टवेयरहरु भन्दा सहज रहेको र सोहिलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको सो कार्यक्रमा प्रशिक्षक डा. अरुण सत्यालको भनाइ रहेको छ ।

सहभागी उप प्रा. विजय श्रेष्ठका अनुसार यस्ता कार्यक्रमहरु नियमित हुनुपर्ने बताउँदै अन्तर विभागीय अनुसन्धानहरु गर्न बाटो खुल्दै जाने धारणा राखेका थिए ।

नेकले समयसमयमा शिक्षक तथा विद्यार्थीहरूकाे स्कील डेभलमेन्टकाे लागि विश्वद्यालय अनुदान आयाेग लगायत विभिन्न शैक्षिक संस्थाहरूकाे सहकार्यमा यस्ता कार्यक्रमहरू ल्याउने गरेकाे छ ।

 















0 प्रतिकृया