Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


कटारीमा बाेलेराे दुर्घटना हुँदा एककाे मृत्यु सात जना घाइते

एक्सन खबर


कटारीमा बाेलेराे दुर्घटना हुँदा एककाे मृत्यु सात जना घाइते

उदयपुर, २९ असार । उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज दिउसो  करिब ४ बजे उदयपुरको कटारीबाट म्याखु तर्फ जाने क्रममा हाईबेमा बाेलेराे दुर्घटना भएकाे हाे ।

उदयपुर प्रहरीका अनुसार तिब्र गतिमा रहेको प २-०१-००१ च २४३ नम्बरको बाेलेरो एक्कासी टर्निङ लिने क्रममा दुर्घटनामा परेकाे हो । दुर्घटनामा परि कटारी नगरपालिका १३ का २० बर्षका बिष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

उनको दुर्घटना पछि वीपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यस्तै सोहि दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष १६ का दिपेश कोईराला, सोही वडाकी ४५ बर्षकि उर्मिला ठकुरी, २१ बर्षका मनोज मल्ल, २९ बर्षका कृष्ण बहादुर बुढाथोकी रहेका छन् ।

यस्तै गरी २० बर्षका राज मल्ल, उदयपुर कटारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० का इन्द्र मगर र धरान ६ पानमाराका ५१ बर्षका निर्मल भुजेल घाइते भएका छन् ।

एता सुनसरीको बराहक्षेत्र नगरपालिका ५ सिमरबनमा साईकल यात्रीलाई नम्बर नखुलेको सुमो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कालाबन्जरका ४५ बर्षका दुखीलाल धामी रहेका छन् । सुमोको ठक्कर पछि घम्भिर घाइते भएका धामीको उपचारका लागि वीपी प्रतिष्ठान ल्याउने क्रम्ममा बाटोमै मृत्यु भएको हो ।













0 प्रतिकृया