माैसमः पाँच प्रदेशमा वर्षाको सम्भावना
एक्सन खबर
काठमाडौं, ३० असार । बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिकृया