Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


माैद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरूलाई समेट्न जाेड

एक्सन खबर
असार, २९, २०७९


माैद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरूलाई समेट्न जाेड

काठमाडाैं, २९, असार । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुलाई संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएकाे छ ।

काठमाडाैंमा माइक्रोफाइनान्स एशाेसिएन अफ नेपालद्वारा आयोजित मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा बाेल्ने वक्ताहरूले अब आउने माैद्रिक नीतिमा लघुवित्त क्षेत्रलाई बचाउने नीति आउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बाेल्दै लघुवित्तका अध्येता डा. नरहरि ढकालले अबकाे मौद्रिक नीति लघुवित्तलाई बचाउन खालको हुनुपर्ने बताए । ‘विविध समस्याका कारण अहिले धेरै लघुवित्तहरु अप्ठ्यारो स्थितिमा छन्, ती समस्या समाधान गर्ने खालको माैद्रीक नीति आउनुपर्छ ।’ उनले भने ।

ढकालले सबै लघुवित्त सक्षम र सबल नरहेको जिकीर गर्दै अबको मौद्रिक नीतिले निक्षेप परिचालन गर्नेतिर ध्यान दिनुपर्ने सुझाए । ‘ब्याजदरको क्याप संसारमा कतै छैन । यसमा पनि राष्ट्र बैंकले ध्यान दिन आवश्यक छ ।’ उनले भने ।



यस्तै, अर्का लघुवित्त अध्येता डा. भरतसिंह थापाले राष्ट्र बैंकले लघुवित्तको वित्तीय स्थिरता र ग्राहक सुरक्षामा ध्यान दिनुपर्ने बताउँदै राष्ट्र बैंकले लघुवित्तमा लगाएको ब्याजको क्याप हटाउनुपर्नेमा जोड दिए । पहिलेदेखिनै चलेका लुघवित्त नाफामै रहे पनि नयाँ लघुवित्तलाई पनि गाह्रो रहेको थापाको भनाइ छ ।  

पूर्वसचिव एवं लघुवित्तविज्ञ डा. मनबहादुर विकले सरकारले दिने सेवा लघुवित्तमार्फत गर्नुपर्नेमा जोड दिँदै भने–‘यसो गरिए लघुवित्त सक्षम हुने थिए, यो विषयलाई मौद्रिक नीतिमा समेटिनुपर्छ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ऋण विस्तार गर्न पाइएन भनेर गुनासो नगर्न लघुवित्तहरुसँग आग्रह गरे  । ‘ऋण विस्तार गर्न पाइएन भनेर राष्ट्र बैंकसँग गुनासाे नगराैं, माइक्रो भएर माइक्राे लेभलमै काम गर्नुहोस्’, उनले भने।

लघुवित्तहरु सेवाका सिद्धान्त र प्रकृति बुझेर अगाडि बढ्न श्रेष्ठले सुझाव दिए । लघुवित्तले ग्रामिण क्षेत्रमा काम गर्नुपर्ने जनाए । माइक्रोफाइनान्स सामाजिक संस्थाको रुपमा विकास भएकाले सोही अनुसार काम गर्न उनको सुझाव छ ।













0 प्रतिकृया