Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


जर्मन नागरिक नविन पाण्डेको बर्खास्त गर्न एन्फाका १२ सदस्यको माग

एक्सन खबर
साउन, ५, २०७९


जर्मन नागरिक नविन पाण्डेको बर्खास्त गर्न एन्फाका १२ सदस्यको माग

काठमाडौं, ५ साउन । अवैधानिक रुपमा पहिलो बैठकबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

बिहीबार बसेको एन्फाको दोस्रो कार्यसमिति बैठक एजेन्डा प्रवेश नगर्दै स्थगित भएको छ । कार्यसमितिका १२ सदस्यले पहिलो बैठकमा विवादित बनेको निर्णय सच्चाउन माग गरेपछि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक स्थगित गरेका थिए ।

यसपछि वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का (बच्चु) सहित १२ सदस्यले हस्ताक्षर सहित पाण्डेको बर्खास्त गर्न महासचिव किरण राईलाई पत्र बुझाएका हुन् । हाल एन्फाको कार्यसमितिमा २१ मध्ये १९ रहेका छन् । दुई जनाको भने टुंगो लाग्न बाँकी छ ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएर आएको कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डे र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

यसअघि प्रक्रिया पूरा नगरि पहिलो बैठकले पाण्डेलाई दोस्रो पटक एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो । तर, यसपछि यस विषय निकै विवादित बनेको छ ।













0 प्रतिकृया