Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

एक्सन खबर
साउन, ८, २०७९


रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल, ८ साउन । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो ।

ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिइ कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन् । उनीहरूले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।













0 प्रतिकृया