Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


गम्भीर दुर्घटना भएपछि भक्तपुर सल्लाघारीका रुख काट्न थालियाे

एक्सन खबर
साउन, ९, २०७९


गम्भीर दुर्घटना भएपछि भक्तपुर सल्लाघारीका रुख काट्न थालियाे

भक्तपुर, ९ साउन । भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ । पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा-४ का राजकुमार भुजेलकाे निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहाेरिन नदिन रुख काटिएको थालिएकाे हाे । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँं भक्तपुरकै एउटा प्रख्यात ठाउँं पनि हो । यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँं पिकिनिक स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ । यहीकारण यहाँं चलचित्रलगायतका छायांकन पनि हुने गरेकाे छ ।













0 प्रतिकृया