Follow us:


Follow us

४ कार्तिक २०८३, मङ्गलवार
४ कार्तिक २०८३, मङ्गलवार


१०.०५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा

एक्सन खबर
साउन, १०, २०७९


१०.०५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा

काठमाडौं, १० साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा १०.०५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसै अवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा सञ्चालन नाफा २५ दशलब ३१ प्रतिशत र खुद ब्याज आम्दानी २६ दशमलब ९३ प्रतिशतले बढेको छ ।
 
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत पुगेको छ ।













0 प्रतिकृया