Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


१०.०५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा

एक्सन खबर
साउन, १०, २०७९


१०.०५ प्रतिशतले बढ्याे ग्लोबल आइएमई लघुवित्तको नाफा

काठमाडौं, १० साउन । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा १०.०५ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसै अवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा सञ्चालन नाफा २५ दशलब ३१ प्रतिशत र खुद ब्याज आम्दानी २६ दशमलब ९३ प्रतिशतले बढेको छ ।
 
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत पुगेको छ ।













0 प्रतिकृया