Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए (सूचीसहित)

एक्सन खबर
साउन, ११, २०७९


एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए (सूचीसहित)

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए ।

देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए । एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन् । ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।

०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० अर्थात् ०.६६ प्रतिशत रहेकाे छ । यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ । १.९४ प्रतिशतले उच्च जिपिए ल्याएका छन् ।














0 प्रतिकृया