Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, राष्ट्रपतिद्वारा सपथ

एक्सन खबर
साउन, १५, २०७९


जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त, राष्ट्रपतिद्वारा सपथ

काठमाडौं, १५ साउन । जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।

संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुनः  नियुक्त गरेका हुन् । उनकाे सपथ सम्पन्न भइसकेकाे छ ।

गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सो सम्बन्धमा प्रतिनिधिसभाले छानबिन गर्न ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिले हालै मात्र प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटा समक्ष बुझाएको थियो । जसमा अनधिकृत व्यक्ति प्रवेश नभएको उल्लेख थियो । संसदीय समितिले क्लिन चिट दिएसँगै शर्मा पुनः अर्थमन्त्री भएका हुन् ।













0 प्रतिकृया