फरवार्डका नवनियुक्त सिइओलाई प्रधान कार्यालयमा स्वागत
एक्सन खबर
सुनसरी, १५ साउन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम दयाल राजवंशीलाई केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा स्वागत गरिएको छ । फरवार्ड सञ्चालक समितिको १२५ औं बैठकले राजवंशीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई फरवार्डका कर्मचारी, पूर्व कार्यकारी अधिकृत आशनारायण चौधरीलगायतले स्वागत गरेका थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत राजवंशी आरएमडिसी लघुवित्त वित्तीय संस्थाका पूर्व डेपुटी सिइओ हुँदै विगत ३० वर्षदेखि लघुवित्त क्षेत्रमा सक्रिय छन् । उनीसँग जर्मन सरकारको जिआइजेट नामक आइएनजिओमा लघुवित्त विशेषज्ञका रुपमा २ वर्ष काम गरेको अनुभव छ ।
त्यसअघि क्यानेडिएन सिइसिआईमा १ वर्ष लघुवित्त विशेषज्ञको कार्यानुभव भएका राजवंशीसँग त्यसअघि बैंक अफ माल्दिभ्समा २ वर्ष माइक्रो क्रेडिटमा रहेर काम गरेको अनुभव समेत छ ।
कृषि विकास बैंकमा कर्जा अफिसर समेत भइसकेका राजवंशीले अमेरिकाबाट इकोनोमिक्समा मास्टर्स तथा बैंककबाट ग्रामिण विकासमा मास्टर्स डिग्री गरेका छन् । उनले २०३९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत विएस्सी एग्रिकल्चरमा भाइस चान्सलर र महेन्द्र विद्याभूषण समेत प्राप्त गरेका छन् ।
0 प्रतिकृया