आर्थिक वर्ष २०७८/७९ मा २५ कम्पनीका ५ अर्बको आईपीओ जारी
एक्सन खबर
काठमाडौं, १६ साउन । गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा
कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार
२५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री
गरेका छन् ।
जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा
लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो । आईपीओ जारी
गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड
रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् ।
त्यस्तै,
सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत
बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री
गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ ।
आईपीओमा
आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै
डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।
0 प्रतिकृया