Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


पर्यटन मन्त्रालयका उपसचिवको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख बरामद

एक्सन खबर
साउन, १७, २०७९


पर्यटन मन्त्रालयका उपसचिवको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख बरामद

काठमाडौं, १७ साउन । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए । सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा निवेदन दिएकोमा अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।
 













0 प्रतिकृया