Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


सप्तकोसी बाढीमा२४ सय घरपरिवार फसे, बस्ती टापुमा परिणत

भरतराज शर्मा (गाेपाल)
साउन, १८, २०७९


सप्तकोसी बाढीमा२४ सय घरपरिवार फसे, बस्ती टापुमा परिणत

ईश्वर तामाङ
उदयपुर, १८ साउन । सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका बेलका नागरपालिका वडा नम्बर १, २, ३, ८ र ९ चार हजार घर परिवार प्रभावित भएका छन् ।

यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन । बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीको उद्धार हुन नसकेको हो ।

बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुई वटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघ संस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ ।

स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्व सूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनले सर्वसाधारणलाई हिजो मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।

बाढीबाट अहिलेसम्म कुनै पनि मानविय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचाना क्षति पुगे पनि मानविय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ ।

प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकता अनुसार ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । अहिले सप्तकोशीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्नु पर्ने थियो ।

०४५ सालसम्म सप्तकोसी अहिले बाँध फुटेकै ठाउँबाट बग्ने गर्थ्याे । पूर्वी पहाडी भेगमा अझै निरन्तर पानी परिरहेकाले तल्लो भागमा जोखिम घटेको छैन ।

यसैबीच प्रदेश १ का आन्तरिक मामला मत्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।













0 प्रतिकृया